दुरी कम गर्दै 2nd University Industry Tie Up

एउटा विध्यार्थी ठुलो सपना बोकेर, ठुलो मेहनत गरेर विध्यालय हुदै कलेज पास गर्छ, तर जब उ काम वा जागिरको लागि उधोग वा बजार जान्छ, ठक्कर र हरेश खान्छ अनि उसले थाहा पाउछ कि उसको पढाई उसको कामको निम्ति कामलाग्ने छैन भनेर │विध्यालय र कलेज साक्षर जनशक्ति उत्पादन गरे भनेर गर्व गर्छन, तर तिनै जनशक्ति उधोग, कम्पनी र बजारका निम्ति योग्य नभएर, सधै जनशक्तिको कमी महसुस गरिरहेका हुन्छन | तसर्थ, अहिले विश्वविध्यालय र उधोग बजारका बिच ठुलो खाडल देखिएको छ हाम्रो देशमा | तर यो समस्या हाम्रो देशमा मात्र होइन, विश्वभरि नै छ, फरक यतिहो कि हामीकहाँ यो समस्या अलिठुलो जस्तो देखिएको छ, जसले गर्दा दीर्घकालीनरूपमा देशको अर्थतन्त्रमा असर गर्छ |

यो वर्ष सीएसआइटी एसोसिएसन अफ नेपालले विश्वबिध्यालय र आइटी उधोगबिचको यो दुरी कम गरि संभावातित समन्वयकारी बाताबरण बनाउन 2nd University Industry Tie Up गत मंसिर १७ गते त्रि.वि. को सेडा हलमा आयोजना गरेको थियो | एउटा महत्वपूर्ण लक्ष्य सीएसआइटी ८ सेमिस्टरमा पढ्ने बिद्यार्थीलाई २०० अंकको इन्टरनमा सहयोग होस भन्ने पनि थियो उक्त कार्यक्रमको | कार्यक्रमको उद्घाटन बिज्ञान प्रविधि संकायकी डीन चिरिकशोभा ताम्राकारले गर्नुभएको थियो | कार्यक्रममा केन्द्रीय विभागका प्रमुख टंक धमलाले सीएसआइटी स्थापनाको इतिहास बताउनु भयो, त्यस्तै अर्का विशेष अतिथि क्यानका अध्यक्ष बिनोद ढकालले क्यानले विश्वबिध्यालय र आइटी उधोगबिचको दुरी कम गर्न गरेको प्रयत्नहरु बताउनुभयो साथै अगामी दिनमा क्यानले गर्ने सहयोगको ढोका खुला रहेको जानकारी गराउनु भयो | कार्यक्रममा आइटी उधोगको तर्फबाट किनोटेस आइएसपानका अध्यक्ष बिनय बोहराले राख्नु भयो | उहाँले आइएसपी बातावरणको इतिहास र अहिले सम्मको अवस्थाको बारेमा बताउनु भयो, साथै उहाँले अहिले नेपालको आइटी मार्केटको अवस्था र सम्भवित संभावनाहरु र यहाँको समस्याको बारेमा बिद्यार्थीलाई बताउनु भयो, उहाँले नेपाली उधोग केन्द्रित पाठ्यक्रम राख्न विश्वविध्यालयलाई सल्लाह दिनु भयो जसको लागि आइटी उधोग गर्नुपर्ने सहयोगको लागि तयार भयो जानकारी दिनुभयो | कार्यक्रममा अर्को किनोटेस मनोहर भट्टराई बिघटित एचएलसिआइटी का उपाध्यक्षले शैक्षिक र सरकारी अनुभवका आधारमा राख्नु भयो, उहाँले अहिलेका नया प्रविधिका बरेमा कुरा राख्नु भयो, अहिलेको विश्वको बाटो तिर नेपालको प्रविधिहरुनी बढ्नु पर्ने कुरा राख्नु भयो, अहिलेको समस्याको कारण, परानो शैक्षिक प्रणाली रहेको बताउनुभयो र साथै कुनै संस्थाले यसलाई मूल मुद्धा बनेर हिड्नुपर्ने बताउनुभयो, उहाँले अबका दिनमा अझ विशेष बिषयगत रुपमा कार्यक्रम हुनुपर्ने कुराको विचार राख्नुभयो | कार्यक्रमकी प्रमुख अतिथि चिरिखशोभा ताम्राकारले अहिलेका कमजोरीलाई स्वीकार गर्दै, नया परिवर्तनकारी प्रस्तावलाई स्वीकार गर्नु भयो, उहाँले बिद्यार्थीलाई राजनैतिक हतियार नहुन र सृजनशील भएर अगाडी बढ्न आग्रह गर्नुभयो|

2nd University Industry Tie Up कार्यक्रमलाई १५ भन्दावडी सिएसआइटी कलेजहरुले सपोर्ट र सन्वे इन्टरनेसनल बिजनेस स्कुलले इस्पोंसर गरेको थियो, कार्यक्रम भरि करिब १५ कम्पनी र ५०० भन्दावडी बिध्यार्थीको सहभागिता थियो, र ती सम्पूर्ण कम्पनी संग छुटै डेस्कको व्यवस्था गरिएकोथियो जहाँ बिध्यार्थीहरुले सोधपुछ र आफ्नो बायो डाटा दिनसक्थे | त्यही समयमा सेमिनार पनि संचालन गरिएको थियो, सेमिनारमा F1 Soft का अध्यक्ष विश्वास ढकालले आइसिटी उधमशीलताको बारेमा प्रस्तुत गर्नुभयो, सेमिनारको अर्को प्रस्तोता श्री खनाल हुनुहुन्थ्यो जो Himlayan SQL Server User Groupको कोर्डीनेटर हुनुहुन्छ, उहाँले डेटाबेस को बारेमा कुरा राख्नुभयो, भोजराज घिमिरे Deerwalk बाट ८ औ सेमेस्टरका बिध्यार्थीलाई करियर सम्बन्धि विचार राख्नुभयो, कुशल गौतमले सिएसआइटी पहिलो ब्याजका बिध्यार्थी अहिले कहाँ के गरिरहेका छन् भनेर बताउनु भयो | अमेरिकन कम्पनी Open Source Air बाट प्रबिन विलाश तन्दुकारले अहिलेको अमेरिकन कम्पनीको आवश्यकता के के मा छ, कस्तो प्रविधिको आकर्षण बढ्दो छ, र त्यहाँको कम्पनीको कामगर्ने पद्धति कस्तो छ भन्ने कुरा पनि बताउनु भयो | कार्यक्रम अन्तत ४ बजेतिर सकिएकोथियो |

यस्तो कार्यक्रम गर्नुको पछाडी जागिर र इन्टरनशिप मात्र होइन, यो भनेको सारा इको एजेन्ट हरुको फलदायी बाटोमा ल्याउने कोसिस पनि हो, हामीले बुझेका छौ हाम्रो यो एकदिनको कोसिसले सारा कुरा परिवर्तन आजको भोली हुदैन तर यस्तो अठोटले एउटा नया संभावना ढोका खुलाउन सक्छ |