चपप्ल चोरेर बनेको साथी

Old Article(http://talkbyphoto.blogspot.com/2012/07/blog-post.html)
म खेलमा अलि कमजोर छुकी जस्तो लाग्छ, त्यसैले खेल खेल्नमा खासै जोड दिन्न; अझ त्योपनि अनपेक्षित रुपमा अपरिचित अनुहारहरु संग त चारकोस टाडा भाग्नेनै कोसिसमा हुन्छु | तर के गर्नु खेल्नै पर्ने रहिछ तर त्योपनि चप्पल(स्यान्डिल) चोर्नु पर्ने खेल, कस्तो दिन आएछ भन्ने लग्यो तर गर्नैपर्ने | त्यहाँ थुप्रै चप्पल थिए, ति मध्य मैले एउटा चप्पल(स्यान्डिल) छाने….त्यो पनि धेरै समय सोंचेर तर के सोंचेर भंनेचाई थाहा भएन |
मनमा छुटै जिज्ञाशा थियो कस्को पो स्यान्डिल उठएछु भनेर….. धेरै बेर सम्म हेर्दै थिए सबैको खुट्टामा तर कसैसंग मेल खाको भनेथिएन | त्यतिकैमा एक जना केटि आएर उक्त्त स्यान्डिल मागिन, मैले पनि ए हजुरको हो भन्दै एकै पटकमा दिए..पछी पो लग्यो नाम त कमसेकम सोध्नु पर्थ्यो | एकैछिन सम्म उनको मुहारमा हेर्दै थिए कतै बिर्सिन्छु कि पो भन्ने डर लागिरहेको थियो |
मन गह्रौ भएको थियो | आफ्नो स्यान्डिल पार्टनरको बारेमा जानेर उनको बारेमा प्रस्तुत गर्नुपर्ने जिम्मेवारी थियो, सोच्दै थिएकी म नै उनि भाको ठाउँ तिर जाऊकी, म भएतिर बोलाऊ…… यतिकै मा उनले केहि इसारा गरेजस्तो लाग्यो… मैले उनलाई म भएको ठाउतिर आउन इसारा गरे…उनि सजिलै स्विकारिन, मन हलुंगो भयो |
हामीले आआफ्नो बारेमा, एकअर्कोको कपीमा लेख्ने निधो गर्यौ… अनि मैले केहि केहि अतिरिक्त कुरा सोधेर उनको मानसपटललाई बुझ्ने कोसिस गरे…तर हरेक जवाफ सजिलो गरि आए…म दंग खाए | समस्या आकृति बनाऊनु मा थियो…. नत म कुनै चित्रकार थिएनकी उनको त्यो हसिलो, गोलो मुहारको आकृति बनाऊ …. तै पनि हिम्मत गर्न मन लग्यो…तर मनमा अर्को डर रह्यो कि मेरो चित्र ले गर्दा त्यो हसिलो मुहारमा मैले सधै भरिलाई हाँसो गुमाउनु पर्ला| अन्तत मैले उनको शब्द, अक्षर, र बानीलाई प्रतिबिम्बित गर्न खोजे र उनलाई facebook बनाइदिए | किन भने…उनका हरेक शब्द सरल थिए र सिधा थिए…उनि हरेक संग घुलमिल हुन सक्छिन जस्तो लाग्दै थियो, किनकि उनको अर्को छेउमा एकजना दाई हुनुहुन्थ्यो, र उनि सजिलै उहा संग कुरा गर्दैथिन |
अब पालो थियो प्रस्तुत गर्नु पर्ने सबैले पहिलानै हात उठाउदै अगाडीनै प्रस्तुत गर्दै थिए, तर म भने हतार गरिरहेको थिएन, सायद उनलाई अगाडीनै सक्न मन रहिछ…उनले अब हामीले प्रस्तुत गरौहै भन्दै कुरा राखिन, मैले अन्तिम तिर गरम भन्दै थिए…तर उनले छिटै नै सकौं भन्ने मत राखिन..मैले पनि सहमति जनाए | मलाई जिज्ञासा थियो उनि मलाई कसरी चिनाउछिन….त्यो अनपेक्षित तर परिचित पहिचान थियो, Rowdy Rathore….जुन नामले मलाई कहिँ छोडेको थिएन| प्रस्तुती उनको दरिलो थियो…एउटा Leader मा हुनुपर्ने खालको….सायद उनि भविष्यमा एउटा राम्रो Leader हुनेछिन यो देशको, यो बिश्वको….. मेरो शुभकामना सधै उनि संग छ| मलाई गर्व रहनेछ की मैले उनि जस्तो मान्छेको चप्पल चोर्न पाए |

Leave a Reply

Your email address will not be published. Required fields are marked *